रुस–युक्रेनबीचको युद्धको प्रभाव विश्व फुटबलमा

रुस–युक्रेनबीचको युद्धको प्रभाव विश्व फुटबलमा



रुस र युक्रेनबीचको युद्धको असर खेलकुदको क्षेत्रमा पनि परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेको छ । रुसले युक्रेनमा संन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको हो ।

रुसको राष्ट्रिय टिमसँगै व्यवसायीक फुटबल क्लबहरु समेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन् । फिफाको निलम्बनमा परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएकोथियो ।