बालबालिकासम्बन्धी घट्ना व्यवस्थापन संयन्त्र क्रियाशिल हुने

बालबालिकासम्बन्धी घट्ना व्यवस्थापन संयन्त्र क्रियाशिल हुने



उदयपुर । समुदायमा हुने बालबालिकासँग सम्बन्धित विभिन्न घटनाको व्यवस्थापनमा स्थानीय तहले संयन्त्र निर्माण गरेर अगाडि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था जाल्पा एकीकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र जिल्लाका विभिन्न ६ स्थानीय तहको समन्वयमा आयोजना गरिएको बालबालिका संरक्षण सवालमा घटना व्यवस्थापन र सिफारिस प्रणाली विषयक पाँच दिवसीय तालिमको समापन कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन् । ताप्ली गाउँपालिकाका उपमेयर कमला माया राईले बालबिवाह, बाल दुर्व्यवहार, बालश्रम, बाल यौनशोषण, बालबालिकामाथि घटना न्यूनीकरणका लागि संयन्त्रको निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । तालिममा जिल्लाका रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुबु∙ गाउँपालिका र कटारी, त्रियुगा नगरपालिका अन्तर्गतका १७ वटा वडाबाट सहभागी थिए ।