सेना दिवसका अवसरमा दौड प्रतियोगिता

सेना दिवसका अवसरमा दौड प्रतियोगिता



जुम्ला । नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता आयाेजना भएकाे गरिएको छ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाकाे आयोजनामा प्रतियोगिता भएकाे हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिका र ४० वर्षमुनिकाबीच दौड प्रतियोगिता भएको थियो ।
४० वर्ष मुनिको पाँच किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत भएका छन । यस्तै दिपेन्द्र बोहोरा द्धितिय र शेरबहादुर अधिकारी तृतिय भएका छन । यस्तै ४० वर्ष मुनिका महिला तर्फ कल्पाना बुढा प्रथम बनेकी छन भने, राज्यलक्ष्मी रावल द्धितिय र ईशरा बुढा तृतिय भएकी छिन उक्त प्रतियोगितामा ४० वर्षमाथिका पुरुषतर्फ भेषबहादुर बस्नेत प्रथम भएका छन् । सेनानी नारायण लामिछाने द्धितिय र हर्करावल तितृय भएका छन् । दौड प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई कदरपत्र र नगद पुरस्कार दिएको छ । प्रथमलाई पाँच हजार, द्धितियलाई तीन हजार र तृतियलाई दुई हजार नगद सम्मान स्वरुप दिएको गणपति रवीन थापाले बताए । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइँले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गरिन । उनले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेका छन् ।