जनस्तरबाट निर्मित शिवालयको उद्घाटन

जनस्तरबाट निर्मित शिवालयको उद्घाटन



अर्घाखाँची । अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन गरिएको छ । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा रहेका सापकोटा बन्धुहरूको सक्रियतामा निर्मित मन्दिरको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका हुन् । शिलान्यास गरिएको ४७ओैँ दिनमा शिवरात्रिको पवित्र अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो । मन्दिर निर्माणको लागि स्थानीय लोकनाथ सापकोटाले करिब एक रोपनी जग्गा सहयोग गरेका थिए ।

मतदान गर्न

बाँकी