भगवती क्लबलाई टोखा नगरपालिकाको साथ

भगवती क्लबलाई टोखा नगरपालिकाको साथ



काठमाडौं । सहिद स्मामरक ‘बी’ डिभिजन लिग खेल्दै गरेको श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ । प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेमा यस रकममा वृद्धि गरि अर्को वर्षदेखि ५० लाख पुर्‍याउने प्रतिबद्धता जनाए । क्लबलाई ‘बी’ डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघसंस्थाले पनि सहयोग गरेको क्लबका पूर्वअध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रमेश नापितले जानकारी गराए । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगवती क्लबले सुखद सुरुवात गरेको छ । प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जारी लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसबाट दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।