अमेरिकामा एक वर्षमा सवारी दुर्घटनामा परी ४६ हजारको मृत्यु

अमेरिकामा एक वर्षमा सवारी दुर्घटनामा परी ४६ हजारको मृत्यु



सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमै ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।

परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेको देखाएको छ । त्यसै गरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ ।

‘वार्षिक तथ्याङ्क हेर्दा हामी नराम्रो अवस्थातिर गइरहेको देखिएको छ, त्यसैले सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको छ,’ परिषद्द्वारा जारी वक्तव्यमा लेखिएको छ ।

मतदान गर्न

बाँकी