मेट्रो कलेजको ‘हामी सुन्छौँ, हामी गर्छाैं’ अभियान

मेट्रो कलेजको ‘हामी सुन्छौँ, हामी गर्छाैं’ अभियान



दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले हामी सुन्छौ हामी गर्छौ अभियानको सुरुवात गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियानको सुरुवात गरिएको कलेजले जनाएकोे छ । किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई जीवन र जगतका बारेमा पनि जानकारी दिएर सही मार्गमा हिड्न प्रेरित गर्नका लागि अभियान सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरकहरुका उत्प्रेरणाका कुरासँगै सफल व्यक्तिहरुका सफलताका कथा सुनाईने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए । अभियानको सुरुवात गर्दै उत्प्रेरक वक्ता डा. चिन्तामणि योगीले युवाहरूमा प्रविधिको दुरुपयोग बढिरहेको वताए । परिवार र समाजले युवाहरुलाई उचित मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । ‘जसले आफूले टेकेको भूमि र आफ्नो अभिभावक बिर्सन्छ त्यो कहिल्यै पनि सफल बन्न सक्दैन,’ योगीले भने ।