तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्राे अधिवेशन सम्पन्न भएको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर सेनेहाङ र मञ्जु सेनेहाङ, चमहासचिवमा टीआर सेनेहाङ,सचिव लोकराज सेनेहाङ,कोषाध्यक्ष संग्रामसिं सेनेहाङ चयन भएका छन् । सदस्यहरूमा विकास सेनेहाङ, मिलनकुमारी सेनेहाङ,सुजना सेनेहाङ,नरध्वज सेनेहाङ, बलि सेनेहाङ,चन्द्रध्वज सेनेहाङ, पूर्णबहादुर सेनेहाङ, तेजबहादुर सेनेहाङ र सोमकुमार सेनेहाङ चयन भए । अधिवेशनको अवसरमा सेनेहाङ वंशावली विमोचन गरिएको थियो । तेह्रथुमलगायत ताप्लेजुङ,पाँचथर,धनकुटा,सुनसरी र मोरङ जिल्लाका सेनेहाङहरूको उपस्थिति थियो ।
प्रतिक्रिया