बनस्थलीमा तरकारी तथा फलफुलका ७० वटा स्टलहरू जलेर नष्ट

बनस्थलीमा तरकारी तथा फलफुलका ७० वटा स्टलहरू जलेर नष्ट



काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मतदान गर्न

बाँकी