भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार



काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिनुभयो । घाइते महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।