प्रीतिले ल्याइन् ‘के को शान’

प्रीतिले ल्याइन् ‘के को शान’



काठमाडौं । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ ।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् । ‘करिब ६-७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन्।