एभर्टनलाई रेलिगेशनको खतरा

एभर्टनलाई रेलिगेशनको खतरा



लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ५–० ले पराजित गरेको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे । यसैगरी, हिउङ मिन सन र रिगुलियनले एक एक गोल गर्दा एभर्टनका माइकल किनले एक आत्माघाति गोल गरेका हुन् ।

जितसँगै टोटनह्याम २६ खेलबाट ४५ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहँदा २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७ औं स्थानमा छ । १८ औं स्थानको बर्नलेभन्दा एक अंक मात्रै बढी जोडेको एभर्टन रेलीगेशनको खतरामा रहेको छ ।

प्रिमियर लिगमा २८ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २७ खेलबाट ६३ अंक जोडेको लिभरपुल दोस्रो तथा २६ खेलबाट ५३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।