नर्विचविरुद्ध चेल्सीको सहज जित

नर्विचविरुद्ध चेल्सीको सहज जित



लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएकाे छ । बिहीबार राति भएकाे खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरकाे जित निकालेकाे हाे । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ । अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेकाे छ ।

बार्सिलोना गालातासारेसँग रोकियो
युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।