झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग



झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ ।

पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध गोल गर्नु प्रमुख चुनौति हुनेछ । सेमिफाइनलमा झापा ११ ले संकटा क्लबलाई २–० गोलले पराजित गर्दा आर्मीले सातदोबाटो युथ क्लवलाइ ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

आयोजक झापा भने पाँचौ संस्करणको उपाधीलाई बाहिर जान नदिने लक्ष्यका साथ मैदानमा उत्रदैछ । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।