होमस्टे महासंघ गण्डकीको अध्यक्षमा धनीराम गरौ

होमस्टे महासंघ गण्डकीको अध्यक्षमा धनीराम गरौ



पोखरा । होमस्टेको प्रवर्द्धन र विकासका लागि स्थापित होमस्टे महासंघ गण्डकीको अध्यक्षमा नवलपुरका धनीराम गुरौ निर्वाचित भएका छन् । बन्दीपुरमा सम्पन्न दोश्रो अधिवेशनले गुरौको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा संस्थाको उपाध्यक्षमा स्याङ्जाका मोहन खनाल, सचिवमा कास्कीका कृष्णप्रसाद तिमल्सिना र कोषाध्यक्ष मुना थापा मगर छन् । यस्तै, सदस्यहरूमा सागर आचार्य, बलराम तिमल्सिना, विश्वराज पराजुली, झलश्री गुरुङ, यामबहादुर गुरूङ, मन्जु गुरुङ, पुनम गुरुङ, पदमबहादुर गुरुङ, पदमराज लामिछाने र प्रेम गुरुङ छन् । प्रत्येक जिल्लाबाट समेत सदस्य चयन गरिएको छ । स्याङ्जाबाट राजकुमार गुरुङ, म्याग्दीबाट कोमल थापा, मुस्ताङबाट निरज थकाली, मनाङबाट शेषकुमारी घले र बेलकासी गुरुङ, गोरखाकी मिनु घले, लमजुङका देउबहादुर गुरुङ र इन्द्रकुमारी गुरुङ, बागलुङकी सीता थापा र गोपाल श्रीष, पर्वतका भीम गुरुङ र डिल्लीराम पौडेल, तनहुँबाट शान्ति कुँवर, माया सुनार र सीथा थापा तथा नवलपुरबाट देउन्ती महतो भेषराज महतो चयन भएका छन् ।

गण्डकीमा तीन सयभन्दा बढी होमस्टे छन् । तर सबै होमस्टे प्रभावकारी रूपमा चलेका छैनन् । स्याङ्जाको शिरुबारी, नवलपुरको अमलाटारी, कास्कीको ल्वाङ र ताङतिङ, लमजुङको घलेगाउँ र राइनास, तनहुँको बन्दीपुर र मिर्छुलुङलगायत होमस्टे बढी चर्चामा छन् । प्रदेश सरकारले हामेस्टेहरूको स्तरवृद्धिका लागि वर्षेनी अनुदानका कार्यक्रम सन्चालन गरिरहेको छ ।