दुई वर्षदेखि राेकिएका पाटनका मेला महाेत्सव चलाउन माग

दुई वर्षदेखि राेकिएका पाटनका मेला महाेत्सव चलाउन माग



पाटन । नेपाल हस्तकला महासंघले काेराेनाका कारण दुई वर्षदेखि ललितपुरकाे पाटनमा राेकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेकाे छ । पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।
उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेटनै छुट्टाएर वर्षमा ६ वटा मेला आयाेजना गराेस् ।’मेला प्रर्दशनी आयोजना गर्न आफूले के गर्नु पर्ने हो त्यो गर्न तयार रहेको महानगरकी उपमेयर गीता सत्यालले बताइन् । उपमेयर सत्यालले आफू विश्व कला नगरी पाटनको कला संरक्षणमा काम गर्न सधैँ तयार रहेको बताइन् । उनले जति पनि बजेट राखेर का मगर्न तयार रहेको बताउँदै भनिन्, ‘तर काम चाँही हुनु पर्‍यो ।’

महागरपालिका-१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताए । उनले भने, ‘हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं । कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ ।’ वल्ड क्राफ्ट एसाेसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रुपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीकाे भनाइ छ । मेलाका व्यवस्थापक सुजन बज्राचार्यले मेलाले आगामी दिनमा काम गर्न सिकाएको बताए । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो । मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रर्दशनी आयोजना गरिएको थियो ।