तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त(महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ ।

पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो । गत फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा एआईजी दरबन्दी थप्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।