फागुसँगै अब ‘संसार यसैमा’

फागुसँगै अब ‘संसार यसैमा’



ग्लोब नेपाल डट कमलाई आजदेखि नयाँ साजसज्जामा प्रस्तुत गरेका छौं । १२ वर्ष अघि अर्थात् सन् २०१० देखि अमेरिकाबाट शुरुवात भएको अनलाइन अहिले नेपालमै दर्ता भएर सञ्चालनमा छ । विश्वभर रहेका नेपाली भाषीलाई लक्षित गरी लोकतन्त्रको रक्षा र नागरिकको सूचनाको अधिकारको सुरक्षा गर्ने हाम्रो उद्देश्य र प्रतिबद्धतामा हामी निरन्तर लागिरहने प्रण गर्दछौं ।

गाँउ, शहरदेखि विश्वभरका महत्वपूर्ण परिघटना, परिवेश र परिस्थितीबारे सत्य तथ्य जानकारी सूचना एवम् विश्लेषण, विचार हामी निरन्तर प्रवाह गरिरहने छौं । हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसर पारेर हामीले शुरु गरेको यो प्रयासले सामाजिक सद्भाव कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकताको सन्देशसहित नेपाली पन र नेपाली मनलाई विश्वभर प्रवर्द्धन गर्न सघाउ पुग्ने अपेक्षा राखेका छौं ।

‘संसार यसैमा’ भन्ने हाम्रो स्लोगन यसै भावनामा परिलक्षित रहेको छ । ‘संसार यसैमा’ जोड्ने हाम्रो लक्ष्य हाम्रा समस्त पाठकहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। विभिन्न माध्यमबाट हामीलाई सहयोग गर्ने पाठक, विज्ञापनदाता, शुभचिन्तक एवम् लेखक, पत्रकार प्रति हार्दिक आभार व्यक्त गर्दछौं । सबैको रचनात्मक सहयोग र सुझावको अपेक्षासहित फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।