वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री

वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री


ग्लोब नेपाल
270
Shares

एजेन्सी/न्युयोर्क । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।

वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए । कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाइ सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गरेका थिए ।

राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन् । काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन। देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे ।