गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न,-‘एमाले/माओवादी भोलि मिलिदियो भने के गर्ने ?’

गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न,-‘एमाले/माओवादी भोलि मिलिदियो भने के गर्ने ?’


ग्लोब नेपाल
270
Shares

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए । ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।