नेपालविरुद्ध पीएनजीको क्लिन स्विप

नेपालविरुद्ध पीएनजीको क्लिन स्विप


ग्लोब नेपाल
324
Shares

काठमाडौं । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङ नचल्दा नेपाल पपुवा न्युगिनीले दोस्रो ओडिआई खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई ओडिआई खेलको सिरिज भ्रमण टोली पपुवा न्युगिनीले २–० ले जित्दै क्लिनस्विप गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।