नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठकः ९ बुँदे समझदारी

नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठकः ९ बुँदे समझदारी


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक ९ बुँदे समझदारी गर्दै सकिएको छ । द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।