आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी भिड्ने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ ।

यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ । पपुवा न्युगिनी गत संस्करणको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाएको देश हो । नेपालले भने सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

यसअघि नेपाल र पपुवा न्युगिनी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको खेलमा नेपाललाई पपुवा न्युगिनीले ८ विकेटले हराएको थियो ।