पिएनजीलाई नेपालले दियो १ सय ८४ रनको लक्ष्य

पिएनजीलाई नेपालले दियो १ सय ८४ रनको लक्ष्य


ग्लोब नेपाल
189
Shares

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय टि–२० क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई १ सय ८४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर सकिँदा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो । नेपालका लागि विकेट किपर सासिफ सेखले ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि रोहित पौडेलले ३४ र आरिफ सेखले ३१ तथा आपेर ब्याट्सम्यान कुशल भुर्तेलले २० रन योगदान दिए ।