आईपीएलमा गुजरात टाइटन्सको जीत

आईपीएलमा गुजरात टाइटन्सको जीत



मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा गुजरात टाइटन्सले डेब्यु जीत निकालेको छ । नवप्रवेशी गुजरातले अर्को नवप्रवेशी लखनऊ सुपर जायन्ट्समाथि ५ विकेटको जित निकाल्दै आईपीएलमा विजयी सुरुवात गरेको हो । १ सय ५९ रनको मध्यम लक्ष्य गुजरातले दुई बल अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

गुजरातका राहुल टिवेटिया ४० रनमा अविजित रहे । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रन जोड्दा म्याथ्यु वेड र डेविड मिलर समान ३०–३० रन बनाउँदै आउट भए । बलिङमा लखनऊका दुश्मन्था चामिराले २ विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५८ रन बनाएको थियो । उसका लागि दीपक हुडाले ५५ तथा आयुष बाडोनीले ५४ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै क्रुनल पाण्ड्या २१ रनमा नटआउट रहे ।

बलिङमा लखनऊका मोहम्मद सामीले ३ तथा वरुन आरोनले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ ।