यिनको प्लास्टिक सर्जरीमा ८० लाख रुपैयाँ खर्च

यिनको प्लास्टिक सर्जरीमा ८० लाख रुपैयाँ खर्च



क्यानडाकी एक २३ वर्षीय मोडलले ८० लाख रुपैयाँ खर्चेर प्लास्टिक सर्जरी गराउँन लागेकी छिन् । सेरेना स्मिथ नाम गरेकी मोडल तथा गायिका पटक –पटक प्लास्टिक सर्जरी गरेका कारण चर्चामा छिन् ।सेरेना हाल क्यानडाको टोरन्टो शहरमा बस्दै आएकी छिन् । त्सस्तै उनी आफ्नो नयाँ एल्बमको पनि काम गरिरहेकी छिन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार सेरेना प्लास्टिक सर्जरी गराउन अभ्यस्त छिन् । अब उनले ब्राजिलियन बट लिफ्ट नामको सर्जरी गराउन लागेकी हुन् । सेरेनाले १८ वर्षकी छँदा पहिलो पटक स्तनको सर्जरी गराएकी थिइन् । त्यपछि उनले आफ्नो अनुहारमा कयौं पटक फिलर र बोटोक्स लगाएकी छिन् ।

अब उनी सातामा नै ब्राजिलियन बट लिफ्ट सर्जरी गर्ने तयारीमा लागेकी हुन् । यो प्लास्टिक सर्जरी मा करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।सेरेना भन्छिन् – ‘मलाई राम्रो लाग्छ अरुले मलाई हेरेको, मलाई हेरेर प्रतिक्रिया गरेको, म मेरो जिन्दगीलाई गम्भीर तरिकाले लिन्न । मलाई मान्छेहरूलाई उत्तेजित गर्न मन पर्छ । यो कुराले मलाई खुशी दिन्छ’ ।

सेरेनाका यस्ता कुराले अहिले उनी सामाजिक सञ्जालमा निकै आलोचित भैरहेकी छिन् । तर,उनलाई यस्ता कुराले कुनै फरक नपर्ने र आफुलाई जे गर्दा खुशी मिल्छ त्यही गर्ने बताएकी छिन् ।