काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने भएको छ। कोषमा कम्तीमा तीन वर्ष नियमित योगदान गर्ने बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाङ्ग्रे सवारी खरिदका लागि कोषबाट ऋण पाउने व्यवस्था गरिएको सञ्चयकोषले जनाएको छ।
कोषका नियमित बचतकर्तालाई आवश्यकता अनुसार सुविधा दिने र सञ्चयकोषको लगानीलाई विस्तारित गर्ने योजना अनुसार यस्तो सापटी योजना ल्याइएको कोषका प्रशासक विजयराज श्रेष्ठले जानकारी दिए ।
यस्तो सापटी प्रदान गर्न सञ्चयकर्ता सवारीसाधन सापटी विनियमावली, २०८२ स्वीकृत भइसकेको छ। सेही विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले अब स्कुटर, मोटरसाइकल तथा कार खरिद गर्न ऋण सुविधा पाउने छन्। विनियमावलीको व्यवस्था अनुसार सञ्चयकर्ताले नयाँ मात्र नभई प्रयोगमा रहिरहेका (सेकेन्ड ह्यान्ड) गाडी पनि खरिद गर्न पाउने छन्।


प्रतिक्रिया