ओस्कारमा विल स्मिथ र जेसिका सर्वोत्कृष्ट नायक–नायिका

ओस्कारमा विल स्मिथ र जेसिका सर्वोत्कृष्ट नायक–नायिका



लस एन्जलस । स्टेजमै हात हालाहालबीच यसपटकको ओस्कार फिल्म अवार्ड अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ । सन २०२१ मा रिलिज भएका हलिउड तथा बिदेशी फिल्महरुको बीच भएको सो अवार्ड प्रतियोगिता फिल्म ‘कोडा’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यो फिल्म उत्कृष्ट फिल्म सहित अन्य तीनवटा विधामा मनोनयनमा परेको थियो । उत्कृष्ट फिल्म सहित कोडाले पटकथा र सहअभिनेताको अवार्ड पनि आफ्नो पोल्टामा पारेका छ ।

यस्तै सर्वोत्कृष्ट निर्देशकको अवार्ड फिल्म पावर अफ द डगबाट यसका निर्देशक जेन क्याम्पियनले जितेका छन् । २०२१ को यो ओस्कार अवार्डमा पावर अफ द डग १२ विधामा मनोनयनमा परेको थियो । जस मध्य यो फिल्मले यही एउटा विधामा चित्त बुझाउनु परेको छ ।

धेरैले फिल्म डुनले सर्वोत्कृष्ट अवार्ड जित्ने अनुमान गरेको थिए । तर त्यो अनुमान फेल भयो । डुनले उत्कृष्ट फिल्मको अवार्ड नपाए पनि अन्य ६ वटा अवार्ड चुमेको छ । यो फिल्म १० वटा बिधामा मनोनयन भएको थियो ।

यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म किङ रिचार्डबाट अभिनेता विल स्मिथले जितेका छन् । उनको यो पहिलो ओस्कार अवार्ड हो । अवार्ड ग्रहण गर्नु अघि उनले कार्यक्रममा उदघोषकलाई थप्पड पनि हाने । आफ्नी श्रीमतीलाई व्याँग्य गरेको भन्दै उनले उद्घोषकलाई थप्पत हानेका थिए । तर पछि उनले माफी मागे । उद्घोषकले त्यसपछि त्यस्ता व्याँग्य गरेनन् ।

अवार्ड समारोहमा यसै गरी सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड यसपटक फिल्म द आइ अफ टम्मी फायबाट अभिनेत्री जेसिका चास्टाइनले हाँसिल गरेकी छिन् । यसपटक ओस्कारमा कसले कुन फिल्मबाट कुन अर्वा जिते भन्ने बारे सुची यहाँ प्रस्तुत गरिएको छ ।

– सर्वोत्कृष्ट चलचित्र– कोडा
– सर्वोत्कृष्ट निर्देशक –जेन क्याम्पियन ( पावर अफ द डग)
– सर्वोत्कृष्ट अभिनेता– विल स्मिथ (किङ रिचार्ड)
– सर्वोत्कृष्ट अभिनेत्री– जेसिका चास्टाइन (द आइज अफ टाम्मी फाय)
– सर्वोत्कृष्ट सह अभिनेत्री– एराइना डिबोस (वेस्ट साइड स्टोरी)
– सर्वोत्कृष्ट सह अभिनेता– ट्रोइ कोटसर (कोडा)
– सर्वोत्कृष्ट मौलिक गीत– नोटाइम टु डाइ
– सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर– समर अफ सोल
– सर्वोत्कृष्ट साभार (पटकथा)– सियान हेदर (कोडा)
– सर्वोत्कष्ट मौलिक पटकथा केन्नेथ ब्रानाघ (बेलफास्ट)
– सर्वोत्कृष्ट कस्टुम डिजाइन– जेन्नी बिभान (क्रुयल्ला)
– सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर – ड्राइभ माइ कार (जापान)
– सर्वोत्कृष्ट एनिमेटेड फिचर –एन्कान्टो
– सर्वोत्कृष्ट मौलिक गीत–हान्स जिमर (डुन)
– सर्वोत्कृष्ट सिनेमाटोग्राफी– ग्रेग फ्रासर (डुन)
– सर्वोत्कृष्ट भिजुअल इफेक्ट–डुन
– सर्वोत्कृष्ट फिल्म सम्पादन– जोइ वाल्कर (डुन)
– सर्वोत्कष्ट साउन्ड– डुन
– सर्वोत्कष्ट प्रोडक्सन डिजाइन–डुन
– सर्वोत्कृष्ट मेक अप एन्ड हेयर स्टाइल–द आइज अफ टाम्मी फाये
– सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट– द लङ गुडबाइ
– सर्वोत्कृष्ट एनिमेटेड सर्ट– द वाइन्डसिल्ड पिपर
– सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट– द क्वीन अफ बास्केटबल