कांग्रेसले गठन गर्‍याे निर्वाचन परिचालन र प्रचार–प्रसार समिति

कांग्रेसले गठन गर्‍याे निर्वाचन परिचालन र प्रचार–प्रसार समिति


ग्लोब नेपाल
915.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकको जिम्मेवारी दिइसकेका छन् ।