जुलिया फक्ससँग मानव कपालले बनेको पर्स

जुलिया फक्ससँग मानव कपालले बनेको पर्स


ग्लोब नेपाल
189
Shares

द भ्यानिटी फेयर २०२२ ओस्कर अफ्टर पार्टीमा इटालियन र अमेरिकी अभिनेत्री तथा मोडल जुलिया फक्सले बोकेको पर्सले मानिसहरूको ध्यान तानि रहेको थियो । जुलियाको लुकर पोशाकभन्दा पनि उनले बोकेकी पर्सले मानिसको ध्यान तानेको हो ।

९४ औं एकेडेमी अवार्डरओस्कर अवार्ड समारोहपछि हरेक वर्षझैँ यसपटक पनि द भ्यानिटी फेयर २०२२ ओस्कर अफ्टर पार्टीको आयोजना गरिएको थियो । सो कार्यक्रममा अभिनेत्री जुलिया फक्स पनि सहभागी भएकी थिइन् ।

जुलियाले अफ शोल्डर कालो छालाको पोशाक लगाएकी थिइन् । यो पोशाकको साथै, जुलियाले आँखामा सिग्रेचर चक ब्ल्याक लाइनर लगाएकी थिइन् । उनले आफ्नो पोशाकसँगै हातमा लामो पन्जा र पर्स बोकेकी थिइन् । उनको त्यो पर्समा कालो मानव कपालले सजाइएको थियो ।

उनले २०१९ मा फिल्मबाट डेब्यू गरेकी थिइन् । यो पकड ड्रेस सिरेमिक कलाकार नाओमी गिलोन सँग सहकार्यमा बनाईएको थियो । यस पोशाकको घाँटी वरिपरि स्केलेटन ह्यान्ड डिजाइनले यसलाई फरक लुक दिएको छ । यो देखेर कसैले जुलियाको घाँटी समातेको जस्तो लाग्छ ।