एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

निर्णयविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन्


ग्लोब नेपाल
216
Shares

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वाेच्च अदालत पुगेका छन् । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको थियो ।

उक्त निर्णयविरुद्ध डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि उनीहरूले लोकसेवा आयोगसँग छलफल गरेका थिए । आयोगसँगको छलफलपछि न्यायका लागि भन्दै सर्वाेच्च पुगेकाे डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

वरीयताक्रममा आफुभन्दा कनिष्ठलाई एआईजीमा बढुवा गरेको भन्दै उनीहरूले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरीपछि छानबिन गर्दै समितिले बढुवा सिफारिसलाई नै सदर गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो । गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले तेस्रो वरीयताका डीआईजी पन्त, छैटौं वरीयताका सिंह र आठौं वरीयताका धानुकलाई एआईजी बढुवाका लागि १ चैतमा सिफारिस गरेको थियो ।

उक्त सिफारिसविरुद्ध तीनजना डीआईजीहरूले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए । उजुरीउपर छानबिन गरी कैफियत नदेखिएको जवाफ दिएको थियो ।