हेटौंडा : मेयर कप फुटबल स्थगित

हेटौंडा : मेयर कप फुटबल स्थगित


ग्लोब नेपाल
189
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । २०-३० का लागि तय भएको प्रतियोगिता अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका थिए ।