पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो

पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो ।

नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमदले १९ बलमा ११ तथा देव खनालले चार बलमा आठ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान ‘ए’का मोहम्मद हसनैन र सुफियान मुकिमले समान तीन विकेट लिए । मोहम्मद इमरान रन्धावाले दुई तथा माज सदाकतले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि विकेटकिपर रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

हसन नवाजले ५९ बलमा २८ तथा अहमद दानियालले ३५ बलमा १६ रन जोडे । नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले आठ ओभरमा ३९ रन खर्चिए । अभिषेक गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।