पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प

पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प

ढुवानी रोक्दै निगमको डिपोबाटसमेत इन्धन उठाउन छाडेर व्यवसायीले अनिश्चितकालीन आन्दोलन सुरु गरेसँगै अधिकांश पम्पहरु बन्द


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ । नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढाएसँगै विक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीहरुले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका हुन् ।

नेपाल पेट्रोलियम डिलर एसोसिएसनले सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने चेतावनी दिएको छ। पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेर आन्दोलन सुरु गरेपछि मुलुकभर इन्धनको अभाव हुन थालेको हो ।

ढुवानी रोक्दै निगमको डिपोबाटसमेत इन्धन उठाउन छाडेर व्यवसायीले अनिश्चितकालीन आन्दोलन सुरु गरेसँगै अधिकांश पम्पहरु बन्द हुने अवस्थामा पुगेका छन् । पेट्रोलियम पदार्थ (इन्धन)मा मूल्यवृद्धि गरिए पनि नेपाल आयल निगमले कमिसन रकम तथा ढुवानी भाडा नबढाएको भनेर व्यवसायीले आन्दोलन सुरु गरेका हुन् ।