समूह ‘इ’ ग्रुप अफ डेथ, अमेरिका र इरान बीचकाे खेल रोचक हुने

समूह ‘इ’ ग्रुप अफ डेथ, अमेरिका र इरान बीचकाे खेल रोचक हुने

खेललाई हतियार बिनाको युद्ध भनिन्छ । को शक्तिशाली र कसको रणनीति सफल भन्ने कुराको परीक्षण हुने भएकाले यसलाई बिना हतियारको युद्ध भनिएको हो । यदि यो विश्लेषणलाई सही मान्ने हो भने समूह ‘बी’ मा अमेरिका र इरान छन्, उनीहरुबीचको बिना हतियारको युद्ध हेर्नलाई संसार ब्याग्र छ ।


ग्लोब नेपाल
216
Shares

दोहा । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । यसलाई ग्रुप अफ डेथको संज्ञा दिइएको छ । यो समूहमा एसियाबाट प्रतिनिधित्व गरेको जापान पनि छ । अर्को टोलीको निर्णय भइसकेको छैन । कोस्टारिका र न्युजिल्यान्डमध्ये एउटा टोली यो समूहमा रहनेछ ।

खेललाई हतियार बिनाको युद्ध भनिन्छ । को शक्तिशाली र कसको रणनीति सफल भन्ने कुराको परीक्षण हुने भएकाले यसलाई बिना हतियारको युद्ध भनिएको हो । यदि यो विश्लेषणलाई सही मान्ने हो भने समूह ‘बी’ मा अमेरिका र इरान रहेका छन् । उनीहरुबीच सम्बन्ध राम्रो छैन । त्यसैले विश्वकप फुटबलमार्फत् उनीहरुको शक्ति प्रदर्शन हुने भएकाले यो खेल रोचक हुने विश्लेषण गरिएको छ । यो समूहमा अमेरिकाकै सहयोगी इग्ल्यान्ड छ भने युरोपियन प्लेअफ टिमको निर्णय हुन बाँकी छ ।

कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् । विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विभिन्न सहरहरुमा आयोजना हुदैछ ।

विश्वकप ड्रः
समूह ‘ए’– कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया