नेपाल एयरलाइन्स बैंककमा गम्भीर दुर्घटनाबाट जोगियो

नेपाल एयरलाइन्स बैंककमा गम्भीर दुर्घटनाबाट जोगियो


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा गम्भीर दुर्घटनाबाट जोगिएको छ । हिजाे शुक्रबार बैंककबाट काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो ।

आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टारय पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य भुषण राजलवटले बताए ।

जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला टायरको प्रेसर आवश्यकता भन्दा धेरै भएर स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का पन्चर भएको उनले बताए । त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । जहाज मर्मत गरेर मात्र काठमाडौं ल्याउने तयारी भएको बताइएको छ ।