नेपाल र भारतबीच चारवटा समझदारी तथा सम्झौंतापत्रमा हस्ताक्षर

नेपाल र भारतबीच चारवटा समझदारी तथा सम्झौंतापत्रमा हस्ताक्षर


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाल र भारतबीच आज चारवटा समझदारी तथा सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौंतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौंता पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी तथा सम्झौंता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।

शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौंतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौंता रहेका छन् ।