दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए ।

बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।

सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको थियो ।