कांग्रेस घोषणापत्र तयारी समितिको सदस्यमा को-को थपिए (सूचीसहित)

कांग्रेस घोषणापत्र तयारी समितिको सदस्यमा को-को थपिए (सूचीसहित)


ग्लोब नेपाल
263.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित गरेका छन् । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सदस्य मनोनित भएका छन् । कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सोमबार सदस्य मनोनयन गरेका हुन् । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार देउवाले सदस्य मनोनयन गरेका हुन् ।

हेर्नुहोस् कांग्रेसको सूचना

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०. सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा. जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८. सदस्य — श्री जगदीश भट्टराई
१९. सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य