स्थानीय चुनाव आउन ३६ दिन बाँकी, सत्ता गठबन्धनमा तालमेलको चटारो

स्थानीय चुनाव आउन ३६ दिन बाँकी, सत्ता गठबन्धनमा तालमेलको चटारो


ग्लोब नेपाल
675
Shares

काठमाडौं । स्थानीय चुनाव आउन ३६ दिन मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो देखिएको छ । निर्वाचन तयारी तथा गठबन्धन समितिले चुनावी तालमेलबारे २ दिन भित्र निर्णय लिइसक्न जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको बैठकमा चुनावी तालमेल गरेर २२ गते अर्थात् मङ्गलवारसम्म वस्तुस्थिति मुल्याङ्कन गर्न भने अनुसार काम भए नभएको समीक्षा पनि भएको छ ।

धेरैजसो जिल्लामा तालमेलबारेमा छलफल र निर्णय भएको भएपनि कतिपय जिल्लामा भने यसबारेमा निर्णय भइसकेको छैन । अब २ दिन अर्थात् शनिवारसम्म जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउन हिजोको बैठकले निर्देशन दिएको हो । गठबन्धनको चुनाव तयारी तथा अनुगमन गर्न गठित समितिको बैठक आउँदो आइतवार फेरि बस्ने छ ।

खासगरी महानगर तथा उपमहानगरमा भने कसले कति सङ्ख्या लिने भन्नेमा कुरो टुङ्ग्याउन चुनौतीपूर्ण हुने देखिएको छ । सत्ता गठबन्धनका नेताहरू चुनावी तालमेलको लागि दौडधुपमा लागेको भएपनि नेकपा एमालेले भने एक्लै चुनावी मैदानमा होमिने बताउँदै आएको छ ।