मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सिफारिस राजदूतहरु

बिष्णुपुकार श्रेष्ठ- चीन
बासुदेव मिश्र- श्रीलंका
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी
घनश्याम बन्जाडे- बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
डिल्लीराज पौडेल- कतार
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
डोरनाथ अर्याल
हरिशचन्द्र घिमिरे
तिर्थराज वाग्ले