बतास समूहले रोक्यो सरकारी टोली

बतास समूहले रोक्यो सरकारी टोली


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका छन् । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका हुन् ।

गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केही बेर भनाभन समेत भएको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए । सरकारी प्रतिनिधिसहितको टोली आज (शुक्रबार) होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो ।