चितवनका कांग्रेस नेताहरु बालुवाटारमा

चितवनका कांग्रेस नेताहरु बालुवाटारमा

भरतपुरको मेयर अरुलाई नदिन आग्रह


ग्लोब नेपाल
505.8k
Shares

काठमाडौँ,चैत्र २५। नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको मेयर अन्य पार्टीलाई नदिनका लागि पार्टी सभापति शेरबहादुर देउबासंग आग्रह गरेका छन्। गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री समेत रहेका देउबालाई शुक्रवार बालुवाटारस्थित सरकारी निवासमै पुगेर चितवन कांग्रेसका नेताहरुले यसपटक भरतपुरको मेयर आफ्नै पार्टीले राख्नुपर्ने भन्दै देउबालाई आग्रह गरेका हुन्।
पार्टीका जिल्ला सभापति राजेश्वर खनालसहित चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु र अन्य नेतासहितको यो टोलीले जिल्लाको सांगठानिक अवस्थाका बारे समेत जानकारी गराएका थिए।
सोही भेटका क्रममा प्रधानमन्त्री एवं पार्टी सभापति देउबाले भरतपुरको मेयर आफ्नै पार्टीको लागि राख्न आफुले प्रयास गर्ने वचन दिएका थिए। ‘मलाई पनि थाहा छ चितवनमा हामी कमजोर छैनौं तर गठबन्धनको सरकार छ,गठबन्धनका दलहरुलाई पनि मिलाएर लानुछ,म सकेको प्रयास गर्छु’देउबाले टोलीका नेताहरुलाई भने। उनले गठबन्धनका दलहरुलाई चित्त बुझाएर भरतपुरको मेयर कांग्रेसले नै राख्नका लागि बिर्ने गर्ने पहल गर्छु भनेर वचन दिएको टोलीमा सहभागी जिल्ला नेताहरुको भनाई छ।
सभापति देउवालाई भेट्न जिल्ला सभापति खनाल, चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरूङ, दिनेश कोइराला, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद गीता वाग्ले, नेताहरु उत्तम जोशी, जगन्नाथ पौडेललगायत बालुवाटार पुगेका थिए।
भरतपुरमा यसपटक पनि माओवादीले मेयर दाबी गरिरहेको छ भने कांग्रेसले यसपटक आफुहरुले मेयर पाउनुपर्ने अडान राखेको छ।