डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।

नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने ।

उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए ।