एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज नेपाल र उज्वेकिस्तान खेल्दै

एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज नेपाल र उज्वेकिस्तान खेल्दै


ग्लोब नेपाल
324
Shares

एजेन्सी । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुनेछ ।

छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । त्यसैले छनोटको पहिलो खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।