पाँच दलीय गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै

पाँच दलीय गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै


ग्लोब नेपाल
432
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको छ ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताइएको छ ।

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।