ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

आज बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको छ।

गठबन्धनले भनेको छ, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।