दलहरु घोषणापत्रलाई अन्तिम रुप दिने कसरतमा

दलहरु घोषणापत्रलाई अन्तिम रुप दिने कसरतमा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतदान गर्ने दिन आउन अब २८ दिन बाँकी छ । प्रमुख राजनीतिक दलहरू पार्टीको घोषणापत्रलाई अन्तिम रुप दिन औपचारिक तथा अनौपचारिक छलफलमा व्यस्त छन् ।

पार्टीका विभिन्न इ्काई, नेता तथा सरोकारवाला सङ्गठनबाट आएका सुझाव समेटेर सार्वजनिक गर्ने तयारी दलहरूको छ । घोषणापत्रको मस्यौदालाई पारित गरेको नेपाली कांग्रेसले आज पनि घोषणापत्रलाई अन्तिम रुप दिने बारेमा छलफल गर्दैछ ।

माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरु पनि घोषणापत्र निर्माण तथा मातहतका निकायमा निर्देशनका लागि जुुटेका छन् । यसैबीच निर्वाचनमा सकभर तालमेल गरेर जाने बारेमा पनि दलहरूले छलफललाई अगाडि बढाएका छन् । सरकारमा रहेका ५ दलले तालमेल गरेर चुुनावमा जाने यसअघि नै निर्णय गरिसकेका छन् ।