प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने


ग्लोब नेपाल
378
Shares

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे ।

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएकाे छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।