उम्मेदवार टुंगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

उम्मेदवार टुंगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारबारे निर्णय गर्न गरिने छ ।

यस्तै निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिनका लागि सचिवालयको बैठक बस्न लागेको उनले जनाए । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शङ्कर पोखरेलले ७ ओटा प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेका नाम पढेर सुनाएका थिए ।

ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जकार, भरतपुर महानगरमा विजय सुवेदी र वीरगञ्ज महानगरमा विजय सरावगीको मात्रै नाम एकलरुपमा सिफारिस भएर आएकाले उनीहरूको टुङ्गो लागिसकेको जनाइएको छ । अब बाँकी रहेका काठमाडौं, पोखरा महानगर र उपमहानगर लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्न बैठक बस्न लागको हो ।